मंसिर १४, दाङ । दाङमा एक व्यवसायिक माथि चक्कु प्रहार गरि हत्या भएको छ । रोल्पा माडी गाउँपालिका– ६ कोर्चावाङ घर भई दाङ घोराही बसपार्क पुलनजिक माडी हार्डवेयर सञ्चालन गरेर बसेका ४६ वर्षीय नन्दबहादुर घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकका परिवारको भनाई अनुसार उनको पसलबाट एक व्यक्तिले २ लाख ५४ हजारको उधारो लगेका थिए। उनले लामो समयदेखि रकम दिन सकेका थिएनन्। उनलाई फोन गरेर ‘उधारो तिर्न ऋण कार्नुपर्ने र त्यसका लागि साहुजी साक्षी बसिदिनुपर्ने भो’ भनेर घर्तीलाई बोलाएका थिए। घर्ती साक्षी बस्न भनेर गएपछि घाइते अवस्थामा फेला परेको परिवार स्रोतले जनाएको छ। घटनामा संग्लग्नको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

