‘सामाजिक सुरक्षा कार्यक्रमको खर्च ६७ लाखमात्रै’

मंसिर १३, काठमाडौं । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा ६७ लाख २३ हजारमात्रै प्रचार खर्च भएको बताएका छन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायत काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्रीले बास्कोटाले बताएका हुन् ।

भड्किलो ढंगले प्रचारप्रसार भएको भन्दै तीव्र विरोध भइरहेका बेला मन्त्री बास्कोटाले दक्षिण एसियाकै पहिलो नमुना कार्यक्रम भएको दाबी गर्दै नयाँ चिजको ब्रान्डिङ भएको दाबी गरे । उनले उक्त कार्यक्रममा करोडौँको खर्च भएको अफवाह भएको प्रष्ट्याए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.