मंसिर १३, काठमाडौं । गलैचा कारखानामा काम गर्ने मजदुरहरु आफ्नो श्रमको उचित ज्यालाको माग राख्दै गलैचा व्यवसायी विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सरकारले श्रम ऐन लागु गरे पनि गलैचा व्यवसायीहरुले कामदारलाई ऐनअनुसार श्रम सम्झौता नगरेको भन्दै जोरपाटी, बौद्ध, तिनचुली लगायतका गलैचा मजदुरहरु आन्दोलनमा होमिएका छन् । नेपाल समाजवादी गलैचा मजदुर संघले नेतृत्व गरेको उक्त आन्दोलन ¥यालीसहित जोरपाटी, नाराणटार, ग्रिनसिटी हुदै दक्षिणढोका पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै गलैचा मजदुर संघका अध्यक्ष मोलम लामाले मजदुरहरुलाई व्यवसायीहरुले दास बनाउन खोजिएको र सरकारले लागु गरिएको श्रम ऐन सम्झौतालाई तत्काल कार्यन्वयनमा ल्याउनुपर्ने माग राखेका छन् । गलैचा श्रमजीवि वर्गले आफ्नो अधिकार प्राप्त गर्न नपाए आफुहरु कुनै पनि मूल्य चुकाउन पछि नहट्ने बताए । अध्यक्ष लामाले गलैचा कारखानाको मालिकहरु मजदुरसंग मिसिएर राजनीतिक गर्न खोजिएको भन्दै मजदुरहरुलाई सचेत हुन आग्रह गरे । श्रमजीविहरुको पसिनामाथी खेलवाड गर्नेहरुलाई नछाड्ने आक्रोस समेत व्यक्त गरे ।
भिडियो रिर्पोट…….

