फिफाको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल

मंसिर १३, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १६२ औं स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ६१ औं स्थानमा थियो । फिफाको नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा अगाडि ९७ औं स्थानमा छ। यस्तै माल्दिभ्स १५२ औं स्थानमा छ।वरियतामा नेपाललाई भुटानले जितेको छ।

नेपालभन्दा तल रहेको भुटानले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुगेको छ। यस्तै दुई स्थान सुधार गरेको बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन्। नयाँ विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो तथा चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.