एएफसी उत्कृष्ट खेलाडीको अवार्ड अब्देल हसनलाई

मंसिर १३, एजेन्सी । एएफसी वर्ष उत्कृष्ट खेलाडीको अवार्ड कतारका खेलाडी अब्देल करीम हसनले जितेका छन् । तीन प्रतिद्वन्द्वीलाई पछि पार्दै कतारका डिफेन्डर हसनले एएफसी उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । ओमानको मस्कटमा आयोजित समारोहमा २५ वर्षिय हसनले उक्त अवार्ड एक खेलाडीको सपना भएको बताए ।

उनले आफ्नो क्लब अल सदालाई एएफसी च्याम्पीयन लिगको सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै गतसिजन कतार स्टार लिगमा उनको टोली उपविजेता बनेको थियो । २०१० मा कतारको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ९ गोल गरेका छन् । यस्तै एएफसीले प्रदान गरेको अन्तर्राष्ट्रिय उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जापानका माकोतो हासिबेले जिते । युवा खेलाडीको अवार्ड साउदी अरेबियाका १९ वर्षिय टुर्कि अल अमारले जितेका छन् । महिलातर्फ उत्कृष्ट युवा खेलाडीको अवार्ड जापानकी सोरी ताकारादाले जितिन् । एएफसी फुटसल वर्ष खेलाडीबाट इरानका अलि अस्घर सम्मानित भए । वर्ष प्रशिक्षकको अवार्ड महिला पुरुष दुबैतर्फ जापानले जित्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.