आजदेखि राजधानीमा जोर विजोर प्रणाली, कुन दिन कुन सवारी ?

मंसिर १३, काठमाडौं ।  काठमाडौँमा आज (बिहिबार) देखि ४ दिनसम्म जोर विजोर नम्बर अनुसार निजी तथा सार्वजनिक गाडी चल्ने भएका छन्। महानगरिय ट्राफिक प्रहरी महाशाखाले १३ गतेदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागु गरेको हो  ।

जस अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।

शुक्रबारदेखि सोमबारसम्म राजधानीमा एसिया प्यासिफिक समिट हुदै छ। त्यसक्रममा विभिन्न देशका अति विशिष्ट व्यक्तिहरु आउने भएकाले सवारी आवागमनमा बाधा नपरोस भनेर जोर बिजोर प्रणाली लागु गरिएको महाशाखाले जनाएको छ ।  समिटमा तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने छन्  ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । समिटमा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई, सरकारी कर्मचारीको सवारीसाधन, बिद्यालयका गाडी, अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी , विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकेट भएका) हरुलाई , कुटनितिक नियोगका सवारी साधनहरु, सुचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई यो नियम लागु हुने छैन 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.