लघुकथा संग्रह ‘सुगन्ध’ सार्वजनिक

मसिर १२, काठमाडौं । काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा नेपाली लघुकथाको सामूहिक संग्रह ‘सुगन्ध’ सार्वजनिक गरिएको छ ।

कृतिको विमोचन नमस्ते आधुनिक लघुकथा मञ्चका डा. पुष्करराज भट्टले गरेका थिए । लघुकथाकार तथा साहित्यिक पत्रकार तुलसीहरि कोइरालाको सो कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा दिलीप साह, विधान आचार्य, घनश्याम डल्लाकोटीले पनि बोलेका थिए ।

कार्यक्रममा रञ्जुश्री पराजुली, तीर्थराज भट्ट, शुषमा मानन्धर, रमेश भट्टराई पुजारी, उमा सिजापति, सिताराम नेपाल, सुरेश गौतम, जयदेश श्रेष्ठ, निमग्ना घिमिरे, हरि पौडेल, हरिहर दाहाल, मन्दिरा मधुश्री, रामकुमार पण्डित क्षेत्री, टंकबहादुर आले मगर, कात्यायन, हेम पोखरेलले आफ्ना रचना वाचन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.