मंसिर ११, काठमाडौं । गलैचा कारखानामा काम गर्ने मजदुरहरु आफ्नो श्रमको उचित ज्यालाको माग राख्दै गलैचा व्यवसायी विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारले श्रम ऐन लागु गरे पनि गलैचा व्यवसायीहरुले कामदारलाई ऐनअनुसार श्रम सम्झौता नगरेको भन्दै जोरपाटी, बौद्ध, तिनचुली लगायतका गलैचा मजदुरहरु आन्दोलनमा होमिएका छन् । नेपाल समाजवादी गलैचा मजदुर संघले नेतृत्व गरेको उक्त आन्दोलन ¥यालीसहित जोरपाटी, नाराणटार, ग्रिनसिटी हुदै दक्षिणढोका पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै गलैचा मजदुर संघका अध्यक्ष मोलम लामाले मजदुरहरुलाई व्यवसायीहरुले दास बनाउन खोजिएको र सरकारले लागु गरिएको श्रम ऐन सम्झौतालाई तत्काल कार्यन्वयनमा ल्याउनुपर्ने माग राखेका छन् । गलैचा श्रमजीवि वर्गले आफ्नो अधिकार प्राप्त गर्न नपाए आफुहरु कुनै पनि मूल्य चुकाउन पछि नहट्ने बताए । अध्यक्ष लामाले गलैचा कारखानाको मालिकहरु मजदुरसंग मिसिएर राजनीतिक गर्न खोजिएको भन्दै मजदुरहरुलाई सचेत हुन आग्रह गरे । श्रमजीविहरुको पसिनामाथी खेलवाड गर्नेहरुलाई नछाड्ने आक्रोस समेत व्यक्त गरे ।

त्यस्तै नेपाल समाजवादी गलैचा मजदुर संघका केन्द्रिय महासचिव खड्क बहादुर श्रेष्ठले मजदुरहरुको सम्झौता पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने बताए । व्यवसायीहरुले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै मजदुरको पारिश्रमिकमाथी हस्तक्षेप गरेको मान्य नहुने बताए । महासचिव श्रेष्ठले मजदुरहरुको सामाजिक सुरक्षा ऐन लगायतका श्रमजीविको आर्थिक समृद्धिको लडाईलाई कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रमलाई यज्ञ बद्धता जनाउँदै मजदुर नेता राजु गिरीले व्यवसायीहरुको दबाबमा परेर मजदुरकै केही नेताहरु राज्यले घोषणा गरिएका श्रम ऐनलाई असफल बनाउन लागिएको आरोप लगाए । कारखाना व्यवसायीहरुको रफैयामा मजदुरहरु मारमा परेको जिकिर गर्दै श्रम ऐनको सम्झौता कार्यन्वयन नगरे थप कडा आन्दोलनमा जाने बताए । गलैचा व्यवसायीहरुले मजदुरहरुलाई अमानवीय व्यवहार देखाउने र भेडाको संज्ञ दिएको भन्दै आपत्ति जनाए । उनले भने– अव मजदुरकै रगत पसिनाको सम्मान नगरेसम्म मजदुरको हकअधिकारको लागि लड्न पछि नहट्ने बताए ।

