आफ्नै तस्विरमा लेखिएका शब्दले हिरासतमा पुगे एक व्यक्ति

मंसिर ११, भारत । भारतको विमानमा तस्विर खिचि ‘आतङ्कवादी’ शब्द लेख्ने एक यात्रु पक्राउमा परेका छन । जेट एअरवेजको आन्तरिक उडानमा रहेको विमानमा खिचेको आफ्नो तस्बिरमा “आतङ्कवादी” शब्द लेख्ने एक यात्रु पक्राउमा परेका हुन ।

योगवेदान्त पोद्दार नामको व्यक्तिले रुमालले आधा छोपेको आफ्नो अनुहारको तस्बिर प्रेषित गरेका थिए । उनले उडानमा ‘आतङ्कवादी’, “म महिलाहरूको हृदय ध्वस्त पार्छु ” भन्ने आशयको वाक्य लेखेका खबर बिबिसिमा रहेको छ। पोद्दारका बुवाले पोद्दारले ठट्टा गर्न खोजेको सञ्चारमाध्यमलाई बताइएका छन । कोलकाताबाट मुम्बई उड्न लागेको उक्त विमानमा रहेका अर्का यात्रुले त्यो तस्बिर देखेपछि उनले चालकलाई सूचना दिएका थिए ।

प्रहरीका अनुसार पोद्दारले त्यो तस्बिर स्न्याप्च्याटबाट आफ्ना साथीलाई पठाउन लागेको थियो । चालकले सूचना पाएपछि विमानलाई फर्काएपछि सुरक्षाकर्मीले ती यात्रुलाई हिरासतमा लिएका थिए। विमानभित्र सुरक्षाव्यवस्थालाई चुनौती पुग्ने खालको भाषा प्रयोग गरेर “उपद्र्‌याहा” गतिविधिु गरेकाले व्यक्तिलाई समातिएको विमानस्थलले विज्ञप्तिमा जनाएको छ । (बिबिसि)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.