नेविसंघले महाधिवेशन गर्न नयाँ मिति तोकियो

मंसिर ११, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो ।

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष महरले जानकारी दिए ।

गत भदौमै हुनुपर्ने नेविसंघको ११ औं महाधिवेशन आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो तर थपिएको तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिएको छ । पछिल्लो पटक तोकिएको म्याद माघ २ गते सकिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.