‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड

मङ्सिर १०, काठमाडौं । ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ ।

पार्टीले आज पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान संशोधन माग सार्वजनिक गर्दै नेपाललाई दुई प्रदेशमा मात्र विभाजन गर्नुपर्ने तथा सम्पूर्ण तराईको भू–भागलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड दिएको छ । ‘मधेशको आवश्यकता समानता तथा समानुपातिक समावेशिता’ भन्ने नारा बोकेको सो पार्टीले राज्य सञ्चालकको स्वार्थका कारण आर्थिक अवस्था खस्केको र विदेशी हस्तक्षेप बढेको बताएको छ । पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले मधेशको भाषा तथा वेषभुषाको पहिचानलाई संरक्षण गर्नुपर्ने औँल्याउनुभयो ।

प्रा डा मोदराज बजगाईं, प्रा बाबुराम ढकाल, प्रा सुबोध झालगायतका वक्ताले देशमा प्रजातन्त्र स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताउँदै तराई तथा मधेशको विकासमा पनि सरकारले चासो दिनुपर्ने औँल्याउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.