मंसिर ९, काठमाडौं । सुनौलो नेपाल म्युजिक प्रा।लि द्वारा दुबै मिर्गौला पीडित सिन्धुपाल्चोक गिरन्चौरका गाइत्री तामाङ लाई नगद सहयोग गरेको छ ।
बिगत २ बर्ष देखि दुबै मिर्गौला फेल भएका ३२ बर्षिय तामाङ लाई सुनौलो नेपाल म्युजिक प्रा।लि द्वारा रु १४,०००।- रुपैया पीडित लाई हस्तान्तरण गरेको छ । नयाँ कलाकार जन्माउने र समाजिक कार्यलाई प्राथमिकतामा राख्ने उक्त कम्पनीलले बिगतका दिनहरुमा पनि समाजिक सेवा गर्दै आएको र निरन्तर गर्ने उदेश्य रहेको छ ।

सहयोग रकम पाएपछि पीडित तामाङले धन्यवाद दिदै सम्पुर्ण सहयोगी मनहरु लाई सहयोग गरि दिनुहुन अनुरोधका साथै यो सहयोगमा म सुनौलो नेपाल म्युजिक प्रा।लिको ऋणी भएको बताए ।

