भवन तथा निर्माण प्रदर्शनीमा निःशुल्क परामर्श

मंसिर ९, काठमाडौं । नवीनतम् प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजना गरिएको भवन तथा निर्माण प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता भएको छ ।

शनिवार करीब ४० हजारले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीको यो दोस्रो संस्करण हो । प्रदर्शनी आजसम्म चल्नेछ । प्रदर्शनीमा निर्माण सामग्रीका नवीनतम् प्रविधि, उत्पादन, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिङका कक्षमा घर निर्माण गर्न चाहने अवलोकनकर्ताको भीड लागेको थियो । प्रदर्शनीमा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, इँटा तथा मार्बल, विद्युतीय सामग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायत सयभन्दा बढी कक्ष छन् ।

प्रदर्शनीका क्रममा इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेतालगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित आवास निर्माण गर्न आवश्यक परामर्श उपलब्ध गराइएको आयोजक युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्सले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.