अामाले छाडेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

मंसिर ९, फिदिम। पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन ।

हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन । उनका बुवा आसिकराम विदेशमा छन ।

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन ।

बच्चाकाे मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेकाे हजुरबुवा र हजुरअामा बताउँछन । ‘उपचार गर्न सकेनाैँ, हजुरअामाले भनिन्-अामाले छाडेपछि हेरचाह गर्ने काेहि भएन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.