अाफन्त ठगेर ७ वर्षदेखि अमेरिकामा मस्ती

 

मंसिर ९, काठमाडौं। कृत्रिम ऋणी खडा गरी झण्डै डेढ अर्ब रुपैयाँ घोटालाको अभियोग लागेका पवनकुमार कार्की ७ वर्षदेखि अमेरिकामा मोजमस्ती गरिरहेका छन्। कार्कीले आफन्तका नाममा २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकम निकालेर डेढ अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग ठहर भएको छ।

नातागोता, दाजुभाइ र ससुरालीका नाममा ऋण सारेर बैंक डुबाएका उनीविरुद्ध अदालतमा ४५ मुद्दा छन्। काभ्रेको बनेपा नगरपालिका–११ बुडोलका कार्की आफूविरुद्ध मुद्दा चल्नुअघि २०६८ सालमा फरार भए। जानकारहरूका अनुसार उनी अमेरिकाको टेक्सासमा बस्छन्। ग्रिनकार्ड लिएका उनी यहाँबाट बैंक ठगेर लगेको रकममा मोजमस्ती गरिरहेका छन्। बैंक कर्जाको ठूलो हिस्सा उनले विदेश पलायन गराएको आशंका छ।

उनी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन्। बनेपा नगरपालिका–११ का उनका ससुरा शम्भुबहादुर केसीले आफूलाई ज्वाइँले फसाएको भन्दै पोलेका छन्। कर्जा निजी खातामा जम्मा गरी निक्षेपकर्ताको रकम खान र मास्नमा संलग्नताको अभियोग लागेका केसीले ३ वर्ष जेल सजाय भोगिसकेका छन्। ‘ज्वाइँको योजनाअनुसार बैंक व्यवस्थापनको सहमतिमा आफन्त, दाजुभाइ, इष्टमित्र र नरनाताका व्यक्ति संलग्न गराई कम्पनी र उद्योग दर्ता गराएको हो’, केसीले प्रहरी बयानमा ज्वाइँलाई यसरी पोलेका छन्, ‘विभिन्न उद्योग एवं फर्मका नाममा जग्गा गरिद गर्न लगाइ सोही जग्गा धितो राखेर कर्जा स्विकृत गराइ नातागोताभित्रका व्यक्ति तथा फर्मको नाममा जग्गा खरिद गर्न लगाएर पुनः सोही जग्गा धितो राखी फाइनान्सबाट कर्जा प्रवाह गरे गराएको हो।’

खोजीमा राज्यका सबै निकाय परिचालन गरिए पनि उनलाई पक्राउ गर्न सकेका छैनन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.