जिल्लामा क्रियाशील छ पत्रकारलाई पुरस्कार

मंसिर ७, पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले जिल्लामा क्रियाशील छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । उक्त शाखाको १०औं साधारणसभाका अवसरमा लामो समयदेखि सक्रिय रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत जिल्लाका छ पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

बिहीवार सम्पन्न उक्त शाखाको बैठकले २०७० देखि २०७५ साल सम्मकोे उक्त पुरस्कार क्रमशः नयाँ पत्रिकाका सन्तोष थापा, गोरखापत्रका गणेश पौडेल, अन्नपूर्ण पोष्ट दैनिककी माया अधिकारी, कान्तिपुर दैनिकका अगन्धर तिवारी, एबिसी टेलिभिजनका राजबाबु पिसी र रेडियो नेपालका रोशन तिवारीलाई प्रदान गर्ने र एक संस्थापक अध्यक्षलाई सम्मान गर्ने निर्णय गरिएकोे सचिव गणेश गिरीले जानकारी दिनुभयो ।यही मङ्सिर १४ गते हुने साधारणसभामा उनीहरुलाई सो पुरस्कार दिइने भएको छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.