संघियता असफल पार्ने षड्यन्त्र सुरु हुदैछः मुख्यमन्त्री शाही

मंसिर ६, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।

विहिबार राजधानीमा भएको एक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकारबीच अधिकारको विवाद सल्काएर संघीयता बदनाम बनाउँदै संघीयता असफल बनाउने दाउमा लागेको बताए । कम्युनिष्ट पार्टीलाई दुई तिहाई वहुमत दिएर जनताले अग्नी परिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताए । संघियता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनु पर्ने बताए ।

केन्द्र सरकारले प्रशासनिक र विक्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमैे प्रधानमन्त्री र मुख्यमन्त्रीहरु विच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफुहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए । एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.