नेकपाको सचिवालय बैठक आज

मंसिर ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने भएको हो।

बैठकमा तल्लो तहको पार्टी एकीकरणका लागि नेताहरूको कार्यविभाजनको अन्तिम प्रस्ताव तयार हुने नेकपाले जनाएको छ । आजको बैठकले एकता र कार्यविभाजनको प्रस्ताव तयार गरेर स्थायी समिति बैठक बोलाउने तयारी रहेको नेकपाले जनाएको छ ।

बिहीबारको बैठकमा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन २१ जना केन्द्रीय सदस्यले माग गरेको विषयमा पनि अनौपचारिक छलफल हुनसक्ने सम्भावना छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.