अाफ्नै ‘प्रेमी’काे हत्या गरेर उनैकाे मासु श्रमिकहरुलाई ‘भाेज’ खुवाइन !

मंसिर ६, एजेन्सी । सुन्दैमा पनि अाङ सिरङ्ग पार्ने घटना संयुक्त अरब इमिरेट्स (युएरि) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु पकाएर भाेज खुवाएकाे खुलासा भएकाे छ ।

प्रेमीको हत्यापश्चात ती महिलाले उनको शरीरका भागहरू पकाएर युएरिमै कार्यरत पाकिस्तानी श्रमिकहरूलाई भाेजका रुपमा खुवाएकाे बताइएकाे छ । महिलाले ३ महिनाअघि नै प्रेमीको हत्या गरेर मासु खुवाएकाे अभियोजनकर्ताहरूले आरोप लगाएका छन । तर याे कुरा भने हालै मात्र बाहिर अाएकाे छ । महिलाको ‘ब्लेन्डर’मा मानव दाँतका अवशेषहरु भेटिएपछि घटना बाहिर अाएकाे हाे ।

युएरिकाे सरकारी समाचारपत्र ‘द नेशनल’का अनुसार हत्या गरिएका व्यक्तिसँग ती महिला ७ वर्षदेखि प्रेम सम्बन्धमा थीन । तर अाफ्नाे प्रेमीले मोरक्कोकै अर्की महिलासँग विवाह गर्ने तयारी गरेको चाल पाएपछि ‘हत्या’ गरेको प्रहरीसामु बयान दिएकी छिन । हत्यासम्म त सामान्य सकिए पनि मासु नै पकाएर खुवाउनुलारि उनले ‘आफ्नो पागलपन’काे संज्ञा दिँदै अाराेप स्वीकार गरेकी छन ।

हत्या गरिएका व्यक्तिका शरीरका अंगहरूबाट परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको प्रहरी अधिकारीहरुले जनाएका छन । प्रहरीका अनुसार उनकाे हत्या के कसरी भयाे भन्ने खुल्न सकेकाे छैन तर शरीरका अंगहरु पकाएर भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेकी थीन्, ती महिलाले ।

उमेरले ३० वर्ष हाराहारी पुगेकी ती महिलाकाे मानसिक अवस्था जाँचका साथै थप अनुसन्धान भइरहेकाे छ । अाराेप पुष्टि भएमा उनले सजायकाे भागीदार हुनुपर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.