गृहमन्त्री थापाप्रति गगनको तिखो टिप्पणीः क्षमतामाथि कालो बादल

मंसिर ५, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति तिखो टिप्पणी गरेका छन्। नेता थापाले रामबहादुर थापा ‘बादल’ क्षमतामाथि कालो बादल लागेको भन्दै टिप्पणी गरेका हुन्।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले गृहको गहृमन्त्री बादल जिम्मेवारमा रहेसम्म निर्मलाका अपराधी पत्ता नलाग्ने दाबी गरेका हुन । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिँए । नेता थापाले भने। ‘एक(डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन,‘पानी नपरुन्जेलसम्म समाजका फोहोरहरु सफा हुदैनन् ।’ गृहमन्त्री मात्रै नभएर आज आम जनता हारेको बताउँदै उनले सिंगो देश अपराधसित लड्ने खोजिरहेका बेला अपराधीले उन्मुक्ती पाइरहेको भनाई राखे । निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडीको धर्नास्थल पुगेका नेता थापाले निर्मलाको न्यायका निम्ती सरकार र प्रतिपक्षदलको नेतृत्वसित भेटेरै कुराकानी गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.