जनअपेक्षाअनुसार काम गर्न सफल भएको मेयर चिरिबाबुको दाबी

मंसिर ३, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । १०० पूर्णाङ्कमा ६० ल्याउने गरी काम गरेको भन्दै उनले अब यसलाई बढाएर ८० पुर्‍याइने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मेयर महर्जनले भने,’ हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं ।’

मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावि घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने, “चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८–२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।”

मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे ।  उनले भने, “हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।” उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तीव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.