शिवपुरीको विद्यार्थीलाई न्यानो कपडासहित ४ लाखको शैक्षिक सामाग्री वितरण

मंसिर २, नुवाकोट । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न ७ सु्नखानीका श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लत्ता कपडा सहित करीव ४ लाखको बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ ।

मलेसियाबाट नेपाल भ्रमणमा आएका २६ जना मलेसियन योगा समुहका सदस्यहरुले विद्यालयका प्रत्येक विद्यार्थीहरुलाई ज्याकेट, स्कुल व्याग, टोपी कलम तथा विद्यालयको लागि ४ थान ल्यापटप र १ थान प्रिन्टर वितरण गरिएको मलेसियन समुहका नेपाली सहयोगी ज्ञान बहादुर श्रेष्ठ टाइसनले बताए । आफु यस ठाँउमा घुम्न आउँदा भुकम्पले विद्यालयको दुराबस्ता बनाएको देखेर आफ्नो मलेसियन साथीहरुलाई सहयोगका लागी अपिल गरिएको बाबुराम कार्कीले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका शिवपुरी ७ का वडाध्यक्ष माधव प्रसाद भेटवालले वडाको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने, शिक्षकहरुले विद्यालयलाई नमुना विद्यालय बनाउन अझ मेहेनत गर्नुपर्ने बताए । कुल विद्यार्थीको ७० प्रतिशत तामाङ तथा दलित बिपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा सहयोग गरिदिएर विद्यार्थी तथा अभिभावकमा राहत मिलेको विद्यालयको प्रधानाध्यापक राजन प्रसाद थपलियाले बताए । जाडो महिनामा ज्याकेट पाउँदा कक्षा ९ का सन्देश नेपालीले खुसि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर प्रसाद पाण्डेको सभापतित्वमा भएको सो कार्यक्रममा नेपालीहरु आफुलाई राम्रो लागेको र भविश्यमा पनि नेपाल आउने र नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने मलेसियन टिमकाका सदस्य किङ्ग वान लिङ्ग (अर्जुन) ले बताए । विद्यालयका शिक्षक माधव ठकुरीको सहजिकरणमा आयोजित उक्त कार्यक्रमा उपस्थित मलेसियन पाहुनालाई विद्याथीहरुले सांस्कृतिक प्रस्तुत गरका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.