शहिद पार्कमा मन्त्रीको अवलोकनः भेटियो डरलग्दो लपारवाही

मंसिर २, काठमाडौं । काठमाडौंको गोकर्णमा रहेको शहिद तथा शान्ति स्मृति पार्क (स्मारक) को निरिक्षणको क्रममा सहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इश्तियाक राईले पार्कको भौतिक संरचना लगायत निर्माण कार्यहरु सन्तोषजनक नपाएको बताउनुभएको छ ।

शनिवार सुन्दरीजल स्थित बाग्मति ड्यामको अवलोकन तथा निरिक्षणमा पुग्नुभएका मन्त्री राई आफ्नो मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय गौरवका परियोजना गोकर्ण राष्ट्रिय सहिद तथा शान्ति स्मृति पार्क (स्मार) को समेत अवलोकन गर्नुभएको छ । अवलोकनको क्रममा पार्कको स्थिथि देख्दा दुःख लाग्दो र औचित्यहिन तरिकाले संरचनाहरु निर्माण भईरहेको भन्दै तत्काल सुधार गर्दै निर्माण कार्यलाई चाँडो जोड दिन निर्देशन दिनुभएको प्रेस सल्लाहकार दिनेश पाण्डेले बताए ।

पार्कको भौतिक संरचना निर्माणको ११ वर्ष बितेपनि कुनै काम सम्पन्न नभएको र शहिद पार्क निर्माणमा राष्ट्रिय योजना अन्र्तगत गुरु योजना निर्माण गरी पार्कको भौतिक संरचनाको निर्माण गर्ने निर्णय भएपनि सो कार्य सम्झौता बमोजिम निर्धारित समयमा सम्पन्न गर्न नसकिएको हो । मन्त्री राईले पार्क व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका सुर्दशन सिग्देललाई पार्क समयमै नबन्नुको कारण सहित स्पष्टीकरण माग्नुभएको छ । त्यहाँ पुग्नुभएको मन्त्री राईले ठेगेदारले निर्माण कार्य लथालिङ्ग बनाएर राख्दा पार्क समिति के रमिता हेरेर बसेको?, किन कारवाहीको लागि माग भएन ?, पार्कमा उठाउने शुल्क र शान्ति मन्त्रालय खारेज भईसकेपछि सहरी विकास मन्त्रालयको मातहतमा आईसकेपनि मन्त्रालयको नाम कहीकतै नदेख्दा छक्क पर्दै उक्त प्रश्न समेत गर्नुभएको त्यहाँ स्थित अवलोकनमा पुगेका एक स्रोतले बताए ।

मन्त्रीसंगै मन्त्रालयकै सचिव डा. रमेशप्रसाद सिं लगायत मन्त्रालयका कर्मचारीहरु पुगेका थिए । अचानक पार्क अवलोकनमा पुग्नुभएका मन्त्रीले पार्कभित्रको गतिविधि र निर्माणधिन भौतिक संरचनाहरुको हालत देखेपछि व्यवस्थापनको गम्भीर कमजोरीका कारण समयमै नबनेको र पार्कभित्र रहेको भ्यू टवार निर्माणमा समेत ठूलो लपारवाही देखिएको प्रश्न राख्दै रुखभन्दा पनि टवार होच्चो हुनु प्राविधिक रुपमै कमजोरी भएको बताउनुभएको छ । मन्त्रीले राईले– ‘नयाँ कार्यविधि निर्माणका लागि विभागद्वारा समिति गठन भइरहेको र छिट्टै मन्त्रीपरिषद्बाट स्वीकृत हुने जानकारी समेत दिनुभएको प्रेस सल्लाहकार पाण्डेले बताए । ६५० रोपनी शहिद पार्कको सहायक पार्क कहाँ–कहाँ छन्, कति लागतमा बन्दैछ ? भन्ने जिज्ञासा अध्यक्ष सुर्दशन सिग्देलले ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सिग्देलकै भनाईनुसार हालसम्म २७ करोड खर्च भएको जानकारी छ ।

अध्यक्ष सिग्देलले ७० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको दावी गर्दै आए पनि पार्कको अवस्था हेर्दा ३० प्रतिशत पनि कार्य सम्पन्न नभएको सबैलाई छर्लङ्गा छ । तत्कालिन शान्ति मन्त्रालयबाट देशभरकै शाहिद पार्कहरु सहरी विकास मन्त्राल मातहतमा आएको जानकारी हुदाँ पनि गोकर्ण राष्ट्रिय शहिद पार्कमा भने व्यवस्थापन समितिको एक जुट नहुँदा कुनै परिर्मजन हुन सकेको छैन् । समिति नै खारेज भए पनि सिग्देलले अध्यक्षकै हैसियतमा गतिविधि सञ्चालन गर्दै आईरहेको भन्दै केही सदस्यहरु समेत रुष्ट बन्दै गएको बेला विभिन्न बहानामा बैठक बोलाई माईन्युट समेत हाफै लेख्दै आएको गुणासो छ ।  गत असोज २४ गते मन्त्री राईले पार्क समिति खारेजी भईसकेको जानकारी दिदै एक हप्ताभित्र पार्कको सम्पूर्ण रिर्पोट मन्त्रालय बुझाउन निर्देशन दिए पनि अहिलेसम्म रिर्पोट नपुगेको मन्त्रालयको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.