शिवपुरीमा नेकपा निकट शिक्षक सगंठनको भेला सम्पन्न

हरि भेटवाल÷ मंसिर २, नुवाकोट । जिल्लाको पूर्वि भेगमा अबस्थित शिवपुरी गाउँपालिका स्तरिय नेकपाका पूर्व एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सगंठन र माओबादि निकट एकिकृत अखिल नेपाल शिक्षक सगंठनको सयुक्त भेला बैठक शनिवार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नुवाकोट क्षेत्र न १ का प्रतिनिधि सभा सांसद हित बहादुर तामाङ भेलालाई सम्बोधन गर्दै स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रम अन्र्तगत जनताको विकासको आवश्यकतालाई हेरेर शिवपुरीका लागि सबै वडा समेटने गरी बजेट विनियोजन गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले कृषि रिङरोडमा ३० लाख, ८ नं. वडा थानपतिमा राम्चे खरिभन्जेङ मोटर बाटोका लागि १० लाख, वडा नं. ३ मैदानबाट चापाबोट मोटर बाटोका लागि २० लाख गरी योजनामा बजेट बिनियोजन गरेको समेत जानकारी गराए । सांसद तामाङले शिक्षकले आफनो पेसा मर्यादामा रहेर विधालयमा गुणस्थरिय शिक्षा प्रदान गर्नुपर्ने र शिक्षक पेसाको हकहितको लागि सगठनलाई सगंठित गर्दै लैजानुपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक सगंठन जिल्ला समिति नुवाकोटका चिरनजिवि भटले राज्यले शिक्षकको जायज मागलाई बेवास्ता गरेको र देशमा बहुमतको कम्युनिष्ट सरकार हुदा पनि शिक्षकको समस्या समधान हुन नसकेको बताए । अखिल नेपाल शिक्षक सगठंन नुवाकोटका जिल्ला अध्यक्ष दिपक ढुगांनाले शिक्षकको मागलाई अहिले विभेद गरि बेवास्ता गरेको र सबै शिक्षक एक जुट भई हक हितको लागि लडनु पर्ने बताए । भेलामा शिवपुरीका नेकपा नेता मगलमाया थापा, जितेन्द्र विष्ट, मिन बहादुर तामाङ, शिव खाति, उज्वल खडका, शिवपुरीका स्रोत ब्यक्ति सम्भु थापा लगायतले भनाई राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.