भिडियो देखाएर बलात्कृतसँग उल्टै बार्गेनिङ

मंसिर २, वीरगन्ज। टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे ।

वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन । डरले मौन बसिन । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन ।

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन । कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.