ट्रम्पले यसकारण दिए पत्रकारलाई धम्की

मंसिर १, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू ‘मर्यादापूर्वक’ प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्।

सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न वाशिङटन डीसीस्थित एउटा अदालतले आदेश दिएपछि ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति आएको हो। यसै महिनाको शुरूतिर एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग वादविवाद भएपछि अकोस्टाको प्रेस पास खोसिएको थियो। अदालतको आदेशबारे बोल्दै ट्रम्पले त्यो ुकुनै ठूलो विषय नभएकोु बताएका छन्।

व्यवहार

तर उनले मानिसहरूले ुराम्रो व्यवहारु गर्नुपर्ने बताउँदै पत्रकार सम्मेलनमा सोध्नुपर्ने प्रश्न सङ्ख्याबारे आफ्ना कर्मचारीहरूले ‘नीति, नियमहरू बनाइरहेको’ बताए। ‘यदि उनीहरूले नीति, नियमलाई नमाने हामीले त्यो विषयलाई अदालत पुर्‍याउनेछौँ र त्यसमा हामी जित्नेछौँ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा हामी पत्रकार सम्मेलनबाट हिँडिदिन्छौँ र तपाईँहरू धेरै खुशी हुन पाउनुहुने छैन।’ ‘तपाईँ तीन– चारवटा प्रश्न सोध्न सक्नुहुन्न र उभिनुहुन्छ अनि बस्नुहुन्न। तपाईँहरूले मर्यादा कायम गर्ने अभ्यास गर्नुपर्छ।’

ठूलो दिन

आफ्नो प्रेस पासबारे अदालतको आदेशको प्रशंसा गर्दै पत्रकार अकोस्टाले भने, ‘अब काममा फर्किऊँ।’ न्यायाधीशले पत्रकार परिचयपत्र खोस्ने ह्वाइट हाउसको कदमबाट कानूनले पत्रकारलाई दिएको अधिकार र वाक् स्वतन्त्रताको उल्लङ्घन भएको बताएका छन्। अदालतको आदेशसँगै ह्वाइट हाउस र राष्ट्रपतिका अन्य कार्यक्रममा छिर्न पाउन मिल्ने अकोस्टाको प्रेस पास तत्कालका लागि फिर्ता गर्न राष्ट्रपति कार्यालय बाध्य भएको छ। नोभेम्बर ८ मा एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग वादविवाद भएको घटनापछि अकोस्टालाई ह्वाइट हाउस छिर्न रोक लगाइएको थियो। थप प्रश्न सोध्न खोजेका अकोस्टाबाट माइक्रोफोन खोस्न ह्वाइट हाउसकी एक कर्मचारीले प्रयास गरेकी थिइन्। –बिबिसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.