मंसिर १, काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न सबैभन्दा बढी कर तिर्ने १५ व्यवसायी तथा प्रतिष्ठानलाई सम्मान गरेको छ। कर दिवसको अवसरमा विभागले १५ विधामा सबैभन्दा बढी कर तिर्नेहरू ब्यबसायीहरुलाई सम्मान गरेको हो।
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको छ। कर दिवसका उबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिज्ञप्ति जारी गर्दै भनेका छन् । “प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ”, प्रधानमन्त्री ओलीले भनेका छन्, “चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व सङ्कलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा सङ्कल्प अवश्य पूरा गरिनेछ ।”
लगातार चौथो पटक धैरै आयकर तिर्दै आएका सिद्धार्थ शमशेर जबरा पाचौं बर्ष पनि व्यक्तिगत आयकरबाट सबैभन्दा बढी कर तिर्नेमा परेका छन् ।
सबैभन्दा धेरै आयकर– सूर्य नेपाल प्रालि
निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने–डाबर नेपाल
उद्योग क्षेत्रमा सबैभन्दा बढी आयकर–हिमाल पावर कम्पनी
कृषि तथ पशुउद्योग–प्रोआयोटिक कम्पनी
सहकारी लघुवित्त– छिमेकी लघुवित्त कम्पनी
बैंक वित्त संस्था– नबिल बैंक
बिमा कम्पनी –नेपाल पुर्नविमा कम्पनी
स्वास्थ्य तथा शिक्षा– नोबेल मेडिकल कलेज
सूचना प्रविधि – एफ वान सफ्ट
कम्पनी पर्यटन क्षेत्र –तारागाउ होटल रिजेन्सी
व्यापार व्यवसाय– सिप्रदी ट्रेडिङ कम्पनी
४० करोड कारोबार– नेपाल इन्भेष्टमेन्ट प्रालि
४० करोडदेखि ८० सम्म कारोबार– नेपाल स्टक एक्स्चेन्ज
व्यक्तिगत आयकर– सिद्धार्थ शमशेर
मूअक समयमै बुझाउने र धेरै तिर्ने– घोराइ सिमेन्ट ।

