नेदरल्याण्ड्सद्वारा विश्वविजेता फ्रान्स पराजित

मङ्सिर १, काठमाडाैँ । युईएफए नेशन्स लिगको लिग ए अन्तर्गत नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्सलाई २–० गोलले पराजित गरेको छ ।

लयमा फर्किएको नेदरल्याण्ड्सको जितले विश्व विजेता फ्रान्सको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ भने जर्मनीलाई नेशन्स लिगको लिग ए बाट रेलिगेट गरिदिएको छ । नेशन्स लिगको फर्म्याटअनुसार युईएफए आबद्ध ५५ मुलुकलाई फरक-फरक चार लिगमा राखेर खेलाइएको छ । हरेक लिगमा चार समूह छन । समूहको शीर्ष टोलीबीच सेमिफाइनल खेल हुनेछ भने अन्तिममा रहेका टोली रेलिगेसनमा पर्नेछन ।

यही फर्म्याटअनुसार जर्मनी लिग ए बाट अर्को सिजनका लागि लिग बीमा रेलिगेसनमा पर्ने निश्चित भएको हो । लिग ए को समूह एकमा फ्रान्स ७ अंकसहित शीर्ष स्थानमा रहँदा नेदरल्याण्ड्स ६ अंकसहित दोस्रो स्थानमा छ । जर्मनीको १ अंक छ र उसले अब नेदरल्याण्ड्ससँग मात्र खेल्न बाँकी छ । त्यस खेलमा जित हासिल गरे नेदरल्याण्ड्सको भने शीर्ष स्थानमा पुग्ने सम्भावना छ ।

गएराति फ्रान्सको अपराजित यात्रा पूर्णविराम लगाउने क्रममा नेदरल्याण्ड्सका जर्जिनियो विज्नाल्डमले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको इञ्यूरी समयमा नेदरल्याण्डले पेनाल्टी पायो । जसमा मेम्फिस डिपेले गोल गरी २–० को जित निश्चित गराएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.