“आज फेरी म हराईरहेको छु, फर्किन म खोजिरहेको छु
तर म सक्दिन विष पिउन,
अनि आफ्नै चेलिबेटीहरु बेचिएको हेर्न ।”
कही कतै हराएको ती, गोपाल नारायणको गीतहरु
मेरो आँखामा समाहित ती जनआन्दोलनहरु,
वीर शहिदहरुको सम्झानामा ती उच्च बलिदानहरु
मेरा आँखामा समाहित ती आमाका ममताहरु ।
कही कतै हराएको ती हाम्रा संस्कृति, रीतिरिवाज र परम्पराहरु
मेरा आँखामा समाहित ती सगरमाथा चुचुराका हिमालहरु,
कही कतै विदेशीएका, ती नेपाली दाजुभाईहरु
मेरा निधारमा रंगिएका ती दशैका टीका अनि जमराहरु ।।
कहिकतै तिहारमा दिदीवहिनीहरुले पोतिएका ती सप्तरङ्गी टिकाहरु
मेरो आँखामा समाहित ती ममताहरु,
कही कतै हराएका ती लोक भाकाहरु
मेरा कानमा गुञ्जित ती तारादेवीका स्वरहरु ।।।
कहीकतै हराएका दाउरा–सुरुवाल र गुनियो चोलीहरु
मेरा मगजमा समाहित ती भेषभूषाहरु,
कहीकतै फकिएका ती लालीगुराँसका फूलहरु
मेरा आँखामा भमराले निचोडिएका ती कोपीलाका रसहरु ।।।।
आज फेरी म हराईरहेको छु,
फर्किन म खोजिरहेको छु
तर म सक्दिन विष पिउन,
अनि आफ्नै चेलिबेटीहरु बेचिएको हेर्न ।
कल्पी बस्छु सुन्दर नेपाललाई,
कल्पी बस्छु नेपाल आमालाई
कल्पी बस्छु वीर सहिदका रगतहरुलाई !
निरन्जन बोहोरा
(अंग्रेजी स्नात्तोर अध्ययनरत विद्यार्थी)
आर.आर क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं

