कांग्रेसमा ‘नेतृत्वमा ७० वर्षे हदबन्दी लगाउनेबारे बहस सुरु

कात्तिक ३०, काठमाडौं । कांग्रेसका युवा नेताहरुले पार्टीमा ७० वर्षे हदबन्दीको लबिङ सुरु गरेका छन् ।

संस्थापनसहित रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका युवाहरुबीच ७० वर्षे हदबन्दीको बारेमा छलफल भएको सहभागी नेताहरुको भनाई छ । ‘छलफल धेरै विषयमा भएका छन्,’ ती नेताको भनाइ छ, ‘नेतृत्वमा ७० वर्षे हदबन्दी लगाउनेबारे बहस सुरु गर्ने भनेका छौं ।’

पार्टीमा गुटबन्दी तीब्र हुँदा सत्तापक्षसँग लड्न कठीन भएको भन्दै युवा नेताहरुले सभापति शेरबहादुर देउवासहित पौडेल र सिटौलालाई विवादहरु छरपस्ट नपार्न पनि ध्यानाकर्षण गराउने भएका छन् । बैठकमा कांग्रेस युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, बद्रि पाण्डे र गुरुराज घिमिरे सहभागी थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.