कात्तिक ३०, काठमाडौं । राज्य विद्रोहको मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
रौतहटबाट पक्राउ परेका राउतलाई अदालतको आदेशानुसार बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
अदातलको आदेशानुसार बन्दीसहित उपस्थित गराइएको र शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

