कीर्तिमानी गोलकर्ता रुनीको बिदाइ खेलमा सुखद

कात्तिक ३०, काठमाडाैँ । इंग्ल्याण्डका पूर्वकप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाई खेलमा इंग्ल्याण्डसँग अमेरिका पराजित भएकाे छ । इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको हाे ।

लण्डनको वेम्वली रंगशालामा भएको खेल रुनीको बिदाईकै लागि आयोजना गरिएको थियो । गत वर्ष सन्यासको घोषणा गरेका उनलाई १२०औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा गरेको योगदानको सम्मान गरिएको थियो ।

करिअरको अन्तिम खेलमा ३३ वर्षीय रुनीले ३३ मिनेट मैदानमा बिताए । ५८औं मिनेटमा जेसे लिंगार्डलाई प्रतिस्थापन गर्दै रुनी मैदान छिरेका थिए ।

खेलको २५औं मिनेटमा लिंगार्डले नै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै अलेम्जान्दर आर्नोल्डले अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा कालोम विल्सनले इंग्ल्याण्डलाई ३–० को जित निश्चित गराए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.