सरकारी छात्रवृत्तिमा पढेर विदेशमै हराउनेको राहदानी रद्द हुने

कात्तिक २९, काठमाडौं । सरकारी छात्रवृत्तिमा स्वदेशी तथा विदेशी शिक्षण संस्थामा पढेर सरकारले खटाएको ठाउँमा सेवा नगर्ने विद्यार्थीको राहदानी रद्द गरिने भएको छ।

शिक्षा मन्त्रालयले सरोकारवालासँगको छलफलमा बनाएको संघीय शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ । मस्यौदाको दफा ३५ मा छात्रवृत्तिमा अध्ययन वा अनुसन्धानका लागि विदेश गएको व्यक्तिले सम्झौताअनुसार सेवा नगरे सरकारले निजको राहदानी रद्द गर्न वा नयाँ राहदानी जारी नगर्न सक्ने उल्लेख गरेको छ। धेरै व्यक्तिहरु सरकारी छात्रवृत्तिमा पढेर विदेशमै हराउने प्रवृत्ति बढ्न थालेपछि सरकारले साे नियम बनाएकाे हाे ।

यो व्यवस्था चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वनविज्ञान वा तोकिएबमोजिमका अन्य प्राविधिक विषयमा देशभित्रका शिक्षण संस्था तथा सरकारी छात्रवृत्ति र विदेशी शिक्षण संस्था वा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्ने सबै विद्यार्थीमा लागु हुने मन्त्रालयले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.