एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

कात्तिक २८, डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा राजेश बाहुनेले बताए । एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताए । एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि शैलेस्वरी अस्पताल बन्द छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.