शिक्षा मन्त्रालयमा समस्यै समस्या

कात्तिक २८, काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ-नयाँ निर्देशिका जारी गरेर काम भएको दाबी गरे तापनि मुख्य काम हुन सकेको छैन ।

विभिन्न समितिले बुझाएको प्रतिवेद सबै दराजमा थन्किएका छन । कर्मचारी सरुवा अस्तव्यस्त बनेको छ । पछिल्लो समय सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको संघीय शिक्षा ऐनको काम अघि बढ्न सकेको छैन ।

‘शिक्षक र विद्यालय व्यवस्थापन गर्ने विषय उठान नै गर्न सक्नुभएको छैन । पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित समितिले बुझाएको शिक्षक दरबन्दी मिलान गर्ने विषयमा पनि कुनै काम अघि बढेको छैन । प्रतिवेदन बुझ्यो, थन्क्याइयो, प्रतिवेदनमा उल्लेख भएका विषय कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्रीज्यूलाई मतलब नै छैन ।’ –कर्मचारीले आरोप लगाएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.