कमल थापाकै कारण पार्टी एकता भाँडियो – अध्यक्ष राणा

कात्तिक २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् । अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दावी समेत गर्नु भयो । अध्यक्ष राणाले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै पार्टीको भने हुनै नसक्ने अडान समेत राखे । पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाई छ ।

अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.  प्रकाशचन्द्र लोहनीसँग एक पटक गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप पनि लगाए । आफू पार्टी एकताको पक्षमा रहेको र लागि पर्ने पनि अध्यक्ष राणाको प्रतिवद्धता छ । अध्यक्ष राणाले तीन पार्टीबीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मूला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने पनि बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.