दलित समुदायले संचालन गरेको होमस्टे पर्यटकको रोजाईमा

कात्तिक २७, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१३ आँपस्वाराका दलित समुदायका मानिस होमस्टे सञ्चालन गरेर व्यावसायिक बन्न थालेका छन् ।

दुई वर्ष अघिसम्म सामान्य दैनिकी गर्दै आएका यहाँका दलित समुदाय अहिले होमस्टे सञ्चालन गरेर व्यावसायिक बनेका हुन् ।
पर्यटन कार्यालय पोखरामा होमस्टे दर्ता गरेर नेपालकै पहिलो दलित होमस्टेको रुपमा आपस्वाँरा सामुदायिक दलित होमस्टे संचालन गरिएको होमस्टेका अध्यक्ष रेशम विकले जानकारी दिए ।

आप स्वाँराका १७ जना दलित समुदायका मानिस मिलेर होमस्टे सञ्चालन गरेका हुन् । होमस्टेमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा तालिम सञ्चालन गर्न सामुदायिक भवनसमेत निर्माण गरिएको छ । यो सँगै ब्यास नगरपालिकामा पुग्ने पर्यटकको रोजाइ पनि होमस्टे बन्न थालेको छ । विभिन्न खोज अनुसन्धान गर्न एवं दलित समुदायको अवस्था बुझ्न पनि होमस्टे सहज बन्दै गएको छ । होमस्टे सुरु भएपछि स्थानीयलाई आयआर्जनमा सहयोग पुग्नुका साथै सरसफाईमा समेत सुधार आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.