सानिमा बैंकले ल्यायो ‘थ्री इन वन’ सेवा

कात्तिक २७, काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक ुथ्री इन वनु सेवाको सुरुवात गरेको छ ।

यस सेवा अन्तर्गत ग्राहकले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ । त्यस्तै शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता पनि यसले अन्त्य गरेको बैंकले जनाएको छ ।

बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको र सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न बैंकले स्पष्ट पारेको छ । ग्राहकहरुले बैंकको वेबसाइटमा लग ईन गरी नेपालभरि रहेका कुनै पनि शाखाबाट सो खाता संचालनका लागि निवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.