सरकारले ३ राष्ट्रका लागि नेपाली राजदूतको सिफारिस

कात्तिक २६, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूहको सदस्य समेत हुन् । सरकारले ६ महिना अघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरे पनि संवैधानिक आयोगमा काम गरिसकेका व्यक्तिलाई अन्यत्र नियुक्त गर्न नसकिने संवैधानिक प्रावधानका कारण निर्णय कार्यान्वयनमा आउन सकेन ।

यसैगरी मन्त्रिपरिपरिद्को बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस गरेको छ । पाण्डे पूर्वराजदूत र ढकाल परराष्ट्रका सहसचिव हुन् । सरकारले औपचारिक रुपमा भने कुनै निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रबन्ध मिलाएर सार्वजनिक गरिने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.