क्पा गेलु पुनः ‘स्पिड आरोही’

कात्तिक २५, सोलुखुम्बु । सर्वोच्च अदालतको आदेश पछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘स्पिड आरोही’ बनेका छन्। उनी सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

ल्हाक्पापछि सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको र आफू ‘स्पिड आरोही’ भएको जिकिर गरेकाले विभागले उनलाई ‘स्पिडआरोही’को प्रमाणपत्र प्रदान गरेको थियो । प्रमाणपत्र पाएपछि पेम्बाले गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम समेत दर्ता गराएका थिए। पेम्बाले झुटोे प्रमाणपात्र पेश गरी विश्वकीर्तिमानी कायम गरेको आरोप लगाउँदै लाक्पासहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विभागका कर्मचारीसमेतलाई विपक्षी बनाइ दायर उक्त रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७४ मङ्सिर १२ गते पेम्बाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो ।  आरोहण पश्चात पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेश गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाँउको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरामाथा आधार शिविरको फोटोसहितको प्रतिवेदन बुझाउनुपर्छ ।

पेम्बाको आरोहणमा पर्वतारोहण सम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमानी झुटो ठहर गरी सर्वोच्चले उहाँको कीर्तिमानी खारेज गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ६ महीनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै उक्त कीर्तिमानी खारेज भएको आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि पर्यटन विभागले १४ वर्षअघि बिनाआधार पेम्बालाई सगरमाथाको ‘स्पिड आरोही’ भएको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गर्दै गत असोज १७ गते प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो । बिनाआधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै ‘स्पिड आरोही’ ल्हाक्पागेलु नै भएको पुनः प्रमाणित गरेको छ । विभागको चलानी १९३९ को मिति २०७५÷७÷१५ को पत्रमार्पmत ल्हाक्पा नै पुनः ‘स्पिङ आरोही’ भएको भनी जानकारीसहितको पत्र पठाएको छ । संस्कृति तथा नागरिक उड्यान मन्त्रालयको मिति २०७५÷६÷१७ को निर्णयले पेम्बाको विश्वकीर्तिमानी खारेज गर्देै लाक्पागेलुकै कीर्तिमानीलाई सदर गरेको जानकारी पत्र भने करीब एक महीना ढिला गरी चलानी गरिएको थियो ।

विभागका निर्देशक मिरा आचार्यले सर्वोच्च अदालतले आरोही ल्हाक्पाको पक्षमा पूर्ववत निर्णय कार्यान्वयन गराउनु भन्ने आदेश बमोजिम सचिवस्तरीय निर्णय भई आएकाले सोही आधारमा जानकारी गराएको बताए । “सर्वोच्चको निर्णयअनुसार विभागले उक्त आदेश कार्यान्वयनका लागि ल्हाक्पालाई नै स्पिड आरोहीको जानकारी मात्र गराइएको र उहाँले पहिले नै सो प्रमाणपत्र पाइसकेका थिए । छिटो आरोहण गरेको जिकिर गर्नुभएका पेम्बाका सम्बन्धमा सर्वोच्चको आदेशबारे थप अध्ययन गरी विभागको धारणा सार्वजनिक हुने उनले जानकारी दिए । झुटो विवरण पेश गरी विश्वकीर्तिमानी कायम गर्नेआरोही अत्याधिक रहेको आरोही दलको जिकिर छ । सगरमाथा आरोही कितब सिं तामाङले छु्टो विवरण पेश गर्ने आरोही धेरै भए पनि नियमनकारी निकायको दरिलो उपस्थिति नहुँदा समस्या समाधान हुन नसकेको बताए।यसअघि सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोर र उनकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर देखाएर सगरमाथा आरोहण गरेको जिकिर गर्दै पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.