म्यानमारविरुद्ध नेपाललाई सुरुवाती अग्रता

कात्तिक २५, काठमाडौं । नेपाली महिला टोलीले ओलम्पिक छनोटअन्तर्गत एसियाली प्रतियोगितामा म्यानमारविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।

खेलको दोस्रो मिनेटमा मै घरेलु टोलीले गरेको फाउलमा नेपालले पेनाल्टीको अवसर पाएको हो । जसमा नेपालकी साबित्रा भण्डारीले गोल गरिन् । सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि भएको छनोटमा म्यानमार नेपालको समूहमा रहेको सबैभन्दा बलियो प्रतिद्वन्दी हो । यसअघि समुहको पहिलो खेलमा नेपालले छिमेकी भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.