कात्तिक २५, काठमाडौं । सरकारले विभिन्न पाँचवटा आयोगहरुको प्रशासनिक कार्य सञ्चालनका लागि कर्मचारी खटाएको छ ।
संविधानले व्यवस्था गरेका राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मेधेशी आयोग, आदिवासी जनजाति आयोग र थारु आयोग गरी पाँचवटा आयोगमा सरकारले आइतबार हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई सचिवको रुपमा कामकाज गर्नेगरी खटाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा मन्त्रालयमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिस्तरीय निर्णयअनुसार राष्ट्रिय दलित आयोगमा सहसचिव पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा सहसचिव केदारप्रसाद पनेरु र मधेसी आयोगमा सहसचिव भूपाल बराललाई खटाइएको छ । यस्तै, आदिवासी जनजाति आयोगमा सहसचिव रुद्रसिंह तामाङ र थारु आयोगमा सहसचिव रुपनारायण भट्टराईलाई सचिवको रुपमा कामकाज गर्न खटाइएको छ ।

