ग्याँस बुलेट त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु

कात्तिक २५, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ ।

बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको दमकल तथा नेपाली सेना तथा प्रहरी टोली घटनास्थल पुगेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.