शिक्षक सेवा आयोगको वेवसाइट ह्याक

कात्तिक २३, काठमाडौं । शिक्षक सेवा आयोगको वेबसाइट टिएससी डट जिओभी डट एनपी ह्याक भएको छ । तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो ।

बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएर एउटा सन्देश छाडिएको अवस्थामा पाइएको छ । विशेष गरी सुरक्षामा लापर्बाही गरिंदा नेपाल सरकारका वेबसाइटमाथि ह्याकरले निशाना बनाउँदै आएका छन ।

वेबसाइट ह्याकरको निशानामा परेकोबारेमा शिक्षक सेवा आयोगका अधिकारीहरूलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । ह्याक गरिएको वेबसाइटमा ‘ह्याक्ड बाइ एक्स ड्यास एम थ्री एन्’ लेखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.