अर्को वर्ष वृद्धभत्ता बढाउँछौ‌ंः मन्त्री बाँस्कोटा

कात्तिक २२, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अर्को वर्ष वृद्धभत्ता बढाउने बताएका छन् । राज्यको ढुकुटीमा १ सय ५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले वृद्धभत्ता बढाउन नसकिएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी पनौती नगरपालिका–११ वडा कमिटीद्वारा बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, “तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौं।” उनले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताए । यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने उनले बताए । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.