कात्तिक २२, काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले वर्तमान सरकारले संघीय सशासनको कार्यभार पूरा गर्न नसकिएको आरोप लगाएका छन् ।

संघीयता सशासन र समृद्धिको नारामा जनतालाई झुक्याउँदै आफुले गरेको प्रतिबद्धता समेत पुरा नगरेको जिकिर गरे । काठमाडौंको सुन्दरीजल स्थित वि.पि संग्रहालयमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उपसभापति निधिले जनताले दिईएको जिम्मेवारीलाई वर्तमान सरकारले सम्हाल्न नसक्दा संघीय संरचनाअनुसार व्यवस्था परिवर्तनमा कार्यन्वयन हुन नसकिएको उल्लेख गरे । सरकारकै कारण स्थानीय तह, प्रदेश र केन्द्रिय सशासन व्यवस्थामा अन्यौल सिर्जना भएको बताउँदै सरकारलाई जनतालाई दिइएको प्रतिबद्धताप्रति इमान्दार र क्रियाशिल भएर लाग्न अग्राह गरे ।

१०४ औं गणेशमान सिंह जन्म जयन्तीको शन्र्दभमा आयोजित उक्त कार्यक्रममा निधिले गणेशमानको इतिहास र नेपाली राजनीति तथा सामाजिक परिवर्तनको आन्दोलनमा पु¥याएको योगदानको बारेमा समेत चर्चा गरेका थिए । त्यस्तै कार्यक्रममा प्रदेश सांसद छिरिङ दोर्जे लामा, नेता आईपी गुरुङ, कलाकार श्रीकृष्ण सिम्खडा, लगायतले गणेशमान सिंहको योगदानबारे आफ्नो भनाईसहित चर्चा गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको सभापतित्वमा वि.पि. संग्रहालयका संस्थापक अध्यक्ष पर्शराम पोखरेलले सञ्चालन गरेका कार्यक्रममा गोकर्णेश्वर नगरबाट निर्वाचित वडा अध्यक्षहरु, वडा सदस्यहरु र स्थानीयहरुको सहभागीता रहेका थिए ।


