अनलाइन सेयर कारोबार आजबाट सुरु

कात्तिक २०, काठमाडौं । लामो समयदेखि चर्चाको विषय बनेको पूर्ण स्वचालित सेयर कारोबार सुरु भएको छ । आज (मंगलबार) आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको उद्घाटन गरे ।

अब लगानीकर्ताले घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएका छन् । जसअनुसार लगानीकर्ताले कम्प्युटर र मोबाइलबाटै युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार यूएटी परीक्षणको सबै प्रक्रिया सम्पन्न भएको र नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति प्राप्त भइसकेको छ । यसअघि वाइको इन्टरनेसनलले तयार पारेको सफ्टवेयरबाट मक ट्रेडिङ पनि सम्पन्न भइसकेको छ । मक ट्रेडिङमा सफ्टवेयरमा देखिएका समस्या समाधान पनि भइसकेको छ । नेप्सेले अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याएर विश्वस्तरीय दोस्रो बजार सेवा प्रदान गर्न लागेको जनाएको छ ।

नेप्से अनलाइन प्रणालीमा गएपनि लगानीकर्ता अभ्यस्त नहुञ्जेलसम्म नयाँ अनलाइन प्रणाली र हाल कारोबार भइरहेको प्रणाली दुवै सञ्चालन गरिने नेप्सेको योजना छ । यता, नेप्से अनलाइनमा जाने कार्यक्रम ढिलाइ भएको कुरा सुनिने गरेपनि लगानीकर्ताले पूर्वनिर्धारित समयमै घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.