फुटेका तीन राप्रपा फेरि एकतामा जुट्दैः संवैधानिक राजसंस्था मूल मान्यता

कात्तिक २०, काठमाडौं । चुनावी चिन्ह र नेतृत्वका विषयमा विमति भएपछि फुटेका तीनवटा राप्रपाबीच फेरि एकता हुने भएको छ । मंसिर ७ गतेभित्रै एकता प्रक्रिया टुंगो लगाउने रणनीतिका साथ तयारी भएको राप्रपाले जनाएको छ ।

राप्रपा प्रजातान्त्रिकका सहप्रवक्ता किरण गिरीका अनुसार राप्रपाका अध्यक्ष कमल थापा र प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच मंगलबार भएको वार्ता सकारात्मक रुपमा टुंगिएको छ । उनका अनुसार दुवै अध्यक्ष तिहारलगत्तै पार्टी एकता गर्न तयार भएका छन् । राप्रपा स्रोतका अनुसार सरकारलाई एक्ल्याउने रणनीतिका साथ राष्ट्रवादी पार्टीको आवश्यकता परेकाले अहिले एकता गर्न लागिएको हो । त्यसपछि बृहत् प्रजातान्त्रिक शक्तिबीच सहकार्य हुने स्रोतले जानकारी दियो । राप्रपाको मूल सिद्धान्त भने महाधिवेशनले पारित गरेपछि हुने स्रोतको भनाइ छ ।

राणाले यसअघि नै राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग पनि छलफल गरिसकेका छन् । लोहनी पनि एकता प्रक्रियामा आउने स्रोत बताउँछ । “मुलुकमा दिगो भरपर्दो राष्ट्रवादी पार्टीको आवश्यकता देखियो,” स्रोतले भन्यो, “वामपन्थी सरकारलाई एक्ल्याउने रणनीतिअनुसार एकता गर्न लागिएको देखिन्छ । एकता महाधिवेशनले पारित गरेको राजनीतिक सिद्धान्तलाई तीनवटै नेताले मान्ने भन्ने सहमति भएको छ । संवैधानिक राजसंस्था राप्रपाको मान्यता रहनेछ । संविधान जारी भइसकेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र वर्तमान यथार्थ हो । अन्य दल सहमत भएमा संवैधानिक राजसंस्था जनमत संग्रहबाट निर्क्योल गर्न सकिनेमा सबै एकमत हुनुहुन्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.