वीर अस्पतालमा करोडौं अनियमित

कात्तिक १९, काठमाडौं । वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि उपकरण उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो, जसमा हिमालय मेडीच र बायमन्ड इन्टरनेसनलले जर्मनीमा उत्पादित एरो मोडलकोे मेसिन उपलब्ध गराउनेगरी बोलपत्र पेस गरेका थिए ।

तर एउटा बोलपत्रमा पहिला उल्लेख भएको १८ करोडलाई केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप लगाएकोे केन्द्रको प्रतिवेदनमा जनाइएको छ। यसैगरी हिमालय मेडीचबाट पेस भएको बोलपत्रमा प्रतिथान १५ करोड ९५ लाख कायम गर्दै २ थानका लागि ३१ करोड ९० लाख प्रस्ताव गरी कबोल अंकमा टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.