अब सरकारको काम तिब्ररुपमा अघि बढ्ने– अध्यक्ष दाहाल

कात्तिक १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको काम तिब्ररुपमा अघि बढ्ने बताएका छन्।

बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन भएको बेलामा समस्या रहेकाले काम नदेखिएको भन्दै अब देखिने गरि काम गर्ने बताएका हुन्। ‘त्यतिबेला सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाएको थियो अब फूल गियरमा चल्छ।’ उनले भने।

उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको बताए । उनले पार्टी एकीकरणको प्रक्रियामा कुनै बिबाद नभएको समेत बताए । एक प्रसङ्मा अध्यक्ष दाहालले नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको भन्दै चीनसँगको पारवाहन सम्झौंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्ने दावी गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.